काठमाडौं । नेपालमा पहिलोपटक केबलकार स्थापना गर्ने उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको जीवनी प्रकाशित भएको छ। लक्ष्णमबाबु श्रेष्ठ ट्रष्टले प्रकाशन गरेको यो पुस्तक नेपालका प्रख्यात कुटनीतिज्ञ प्राडा जयराज आचार्यले लेखेका हुन् ।
पुस्तकको लेखन तथा अनुसन्धानमा आचार्यसँगै विवेक गौतम पनि रहेका छन्। मनकामना मन्दिरलाई लोकप्रिय बनाउने केबलकारको स्थापनासँगै विभिन्न उद्यम व्यवसायमा हात हालेका श्रेष्ठको जीवनका विभिन्न पाटोलाई पुस्तकमा समेटिएको छ।

इमानदार र मेहनती भएका कारणले गर्दा आफूले यो किताब लेखेको आचार्यले बताए। ‘मैले संस्कृत र अंग्रेजीबाहेक अन्यत्र किताब लेखेको छैन। यदुनाथ खनाल र यो किताब’ उनले भने। किताबमा लक्ष्मणबाबु श्रेष्ठको जीवनाका आरोह अवरोह, उनले गरेका प्रयास सबै उतार्न खोजिएको अर्का लेखक गौतमले बताए।
२२५ पेजको पुस्तकमा सन्दर्भ त्यसअनुरुपका तस्बिर र पारिवारिक संस्मरणहरू पनि उल्लेख गरिएका छन् । यो किताब किताब यात्रा डटकमबाट अर्डर गर्न सकिने प्रकाशकले जानकारी दिएका छन्।

