काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको छ ।
महाशाखाले यसअघि पनि जेठ १९ र २० गते दुईदिन तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको थियो ।

विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्लामा तातो हावाबाट प्रभावित हुने अनुमान गरिएको छ ।पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा एक साता भन्दा बढी समयदेखि लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । एकसाता भन्दा बढी समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

शुक्रबार धनगढीको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस मापन भएको थियो भने नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस थियो । यी स्थानहरूमा न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस हाराहारीमा रहने हुँदा अझै गर्मी महशुस हुनेछ ।

बिहीबारको तुलनामा नेपालगन्ज र धनगढीको अधितकत तापक्रम केही घटेको मौसमविद गोविन्द झा बताउँछन् । बिहीबार ती ठाउँमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो ।

काठमाडौं उपत्यकामा पनि गर्मी बढ्दो छ । काठमाडौंको अधिकतम तापक्रम पनि आज ३२ देखि ३४ डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान छ। बिहीबारको तुलनामा शुक्रबार भने तापक्रम केही घटेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय