 
							धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत मौवा खोला मुग्लिन सडक खण्डको ईच्छाकामाना गाउँपालिकामा पर्ने चुम्लीङ्गटारमा खसेको पहिरोका कारण राजमार्ग दुबैतर्फ बन्द भएको छ ।
राजमार्ग हुँदै आवत जावत गर्ने यात्रुबाहक र मालवाहक ठूला तथा साना सवारीका साधनहरु पहिरोका कारण बाटोमा नै रोकिएका छन् ।

राजमार्गमा ठूलो ढुङ्गा खसेकोले हटाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
सडक सुचारु गर्न केही समय लाग्ने सडक विभागले जनाएको छ । रातिदेखी वर्षा भइरहेकोले राजमार्गको ठााउठाँउमा स–साना पहिरो भने खसिरहेको सडक विभागले जनाएको छ ।



 
										 
										 
												 
												 
												 
												 
												 
												 
											 
								 
								 
								 
								