
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रामचन्द्र पौडेलसहित १० जना मनोनीत भएका छन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापित शेरबहादुर देउवाले पौडेलसँगै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, डा.नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।

कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।