
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ।
समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी सहभागी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाही र प्रदेश समितिका अध्यक्ष लगायतको समेत सहभागिता छ।
बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा छाडेपछिको परिस्थितिको समीक्षा हुने जनाइएको छ।