खाँदबारी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियनले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निर्क्योल गरिने बताउनुभयो ।

महामन्त्री शर्माले काँग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग सम्बन्ध स्थापित गर्न अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकर हुने भन्नुहुँदै महामन्त्री शर्माले छोटो समयमै सरकार ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय