काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता अर्जुननरसिंह केसीले बैठकमा फरक मत राखेका छन्। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेता केसीले ५ बुँदे फरक मत राखेका हुन्।

उनले गठबन्धन र तालमेलबारे केन्द्रीय समितिको बैठकमाथिको निर्णयलाई केन्द्रले हस्तक्षेप गरेको बताएका छन्।

नेता केसीले राखेको फरक मतमा भनिएको छ, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’ लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाइको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको।’

महानगर र उपमहानगरको टिकट वितरणबारे पार्टीमा छलफल नभएको, वितरणमा वैधानिकता नभएको उल्लेख उनले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय