काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका—१ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ ।

जसपका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवारसहितको प्यानलै विजयी भएका हुन् । त्यस्तै धनुषाको सहिदनगर नगरपालिकामा (जसपा) का उम्मेदवार दिनेश प्रसाद यादव अग्रता लिएका छन्। वडा नम्बर एकबाट सुरुभएको मतगणना १ सय ७ मत गणा गर्दा जसापको छाताले ३३ म प्राप्त गरेको छ। भने एमालेको उम्मेदवार जय प्रकाश यादवले २३ मत ल्याएर दोस्रो स्थानमा छ।

माओवादीको उम्मेदवार उदय बरबरिया यादवले १६,नेपाली कांग्रेसका सुधीर कुमार गोइत १९,लोसपाका बिरेन्द्र यादव ११, जनमतका लक्ष्मेश्वर ३ र एकीकृत समाजवादी कुकेश मण्डल १ मत पाएको हो।

त्यस्तै उपप्रमुखतर्फ जसपाको छाताले २७, माओवादीको हँसियाहथौडाले १४,एमालेको सुर्यले ७ लोसपाका साइकलले १० र एकीकृत समाजवादीको कलमले ९ मत ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय