सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा अध्यक्ष पदमा जनता समाजवादी पार्टी तर्फको उम्मेदवार बेचन मेहता र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट कुमारी विभा यादव विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् भने काँग्रेसकी नेतृ कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी भएकी हुन् ।

जसपाको तर्फबाट पालिकाको अध्यक्ष पदमा विजयी भएका बेचन मेहताको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नेता श्यामलाल मेहताले ६ हजार ३ सय ५८ मत प्राप्त गरी पराजित भएका छन् । अध्यक्ष पदमा बेचनले ५ सय १६ मतले काँग्रेसका नेता मेहतालाई पछि पार्दै विजयी भएका हुन् ।

त्यसैगरी नेपाली काँग्रेसकी नेतृ कुमारी विभा यादवको प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी नेतृ आशमनी कुमारी यादवले ६ हजार ९७ मत प्राप्त गरी उनीसँग पराजित भएकी छिन् ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट पालिकाको अध्यक्ष पदका बेचन मेहता नेपाली काँग्रेसका उम्मेदवार लाली प्रसाद मेहतासँग पराजित भएका थिए ।
जनताको मन जित्दै पाँच वर्षमा सङ्गठन निर्माण गरेर यस पटकको स्थानीय तहको निर्वाचनमा मेहता भारी मतले विजयी भएका हुन् ।

सुनसरीको १२ वटै स्थानीय तह मध्ये यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले पालिकाको अध्यक्ष पदमा पहिलो पटक निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर