काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गरे । उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गरे । अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गरे ।

उनले प्रमुख राजनीतिक दलको लम्पसारवादका कारण देशमा अस्थिरता, भूराजनीतिक सन्तुलनको उत्पत्ति भएको बताए । अध्यक्ष लिङदेनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको आरोप लगाए ।

उनले भने, ‘सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ । विदेशी चलखेल र प्रभाव दिनदिनै बढीरहेको छ । विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । भूराजनीतिक सन्तुलन गुमेको छ ।’

उनले फेरि भने, ‘नेपाल शक्तिराष्ट्रहरुको रणनीतिक प्रतिष्पर्धाको थलो बनेको छ । यस्तो परिस्थितिमा नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढ्दो छ । राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको छ । सत्तासीन दलहरु कानमा तेल हालेर बसेका छन् । कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणित बाहेक अन्य केही छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय