काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गरेका हुन् ।
यसअघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आएका छन् । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख गरिएको छ ।

मनोनित भएका केन्द्रीय सदस्यहरुमा तोरणबहादुर गुरुङ, रामचन्द्र राय, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दीपकबहादुर सिंह, जगतप्रसाद गौचन, राजाराम श्रेष्ठ, रामशरण पाठक, पर्शुराम तामाङ, जयलाल पुन, प्रेमकुमार श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, विनोद भारती, जगदीश राजभण्डारी, इन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, राम थोकर, हजबुल मियाँ, नवराज पनेरू, तोयानाथ लम्साल, प्रेम थाम्सुहाङ, मानदेव केरुङ, सोभित उप्रेती, उदय सापकोटा, अनुबमसिंह श्रेष्ठ, युवराज घिमिरे, गणेश चन्द, मीनबहादुर कुँवर, शक्ति सापकोटा, सरिता देवकोटा, अभिषेक जोशी, विश्वमोहन थापा, चेतनारायण शर्मा न्यौपाने, अजय थापा, अंगद ठाकुर, शिवराम थापा, विनिता मगैया, सीता बस्याल, हुमा पाण्डे, राजु बस्नेत, केदारबहादुर अधिकारी, केदार न्यौपाने, सम्झना चौधरी, उदयसिंह मुस्याजु, शिवशंकर यादव, गणेश विष्ट, अशोक गोयन्का र देवी कँडेल हुन् ।

