काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन् ।
नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केपी ओलीले संविधान कुल्चिएको, संसद विघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको उनले बताए ।

उनले ओलीसँग बसिरहनुको विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको बताए । केपी ओलीसमक्ष आत्मसमपर्ण गर्न नसकेको पनि उनले दाबी गरे ।
उनले भने, ‘हामी एमालेमै रहेर हरिबिजोग भोग्न चाहँदैन थियौँ, उनीविरुद्ध चट्टानी अडानमा उभियौँ, यही कारण नेपालको रानीतिमा हाम्रो उपस्थिति देखाइ छाड्यौँ ।’ अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागिपरेको उनले बताए ।
कार्यक्रममा उनले पार्टीको उदेश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताए ।
केही केही नेताहरुका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उनले बताए । नेताहरूको भ्रष्टचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलिय व्यवस्थाप्रति विश्वास घटेको उनको भनाइ छ ।
उनले भने, ‘हामी यि व्यवहारमा रहदैनौँ भनेर सुरु मै संकल्प गर्न जरुरी छ, यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्छ, नेताहरू असल आर्दशप्रति सर्मपित हुनुपर्छ, नबिराउनु नडराउनु भन्ने उखान अनुसार काम गर्न जरुरी छ ।’

