काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब संसदीय छानबिन समिति नबन्ने घोषणा गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी सहप्रवक्ता एवं सांसद मनीष झाले अब समिति नबन्ने बताएका हुन् ।

‘समिति बन्दैन अब, अघि हामीले दुई सर्त मान्दिनू हामी समिति बनाउन तयार छौँ भनेर गएको हो, अब समिति बन्दैन,’ उनले भने, ‘समिति त्यो बेलामा मात्रै बन्छ, नेपाली कांग्रेसका पदाधिकारीको सबै फाइल खोल्न तयार हुन्छ ।’ साथै, उनले संसदमा भएको यो अवस्थाको जिम्मेवार कांग्रेसकै नेताहरू भएको दाबी गरे ।

‘यो गाइजात्राको निर्देशन नेपाली कांग्रेसका नेताहरू हुन्,’ उनले दाबी गर्दै भने । उनले सभापति रवि लामिछानेमाथि छानबिन हुँदा कुनै समस्या देखिए सबै सांसदहरू राजीनामा समते दिने बताए । ‘म छातिमा हात राखेर हामी सबै सांसदहरू भन्न सक्छौँ, मेरो सभापतिको सबै छानबिन गर, तयार छौँ, समस्या देखिए उहाँ एक्लैले राजनीति छाड्छौँ भन्नुभएको छ, हामी सबैले राजनीति छाड्छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय