काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन् ।

राप्रपा विधान अनुसार, सोमबार अध्यक्ष लिङ्देनले २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। केन्द्रीय समितिको बैठक नबसेको समयमा कार्य सम्पादन समितिले निर्णय गर्न सक्नेछ।

राप्रपा कार्य सम्पादन समितिमा उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्रीहरू धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद साह सदस्य छन्।

त्यस्तै, केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियारई कार्य सम्पादन समितिमा समेटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय