वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले भारी मतान्तरका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । राजेशमान सिंह आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का विजय कुमार सरावगी भन्दा ११ हजार ५६३ मतान्तरका साथ अग्र स्थानमा रहेका छन् ।
ताजा मत परिणाम अनुसार जसपाका राजेशमानले २३ हजार ८५२ मत प्राप्त गर्दा एमालेका विजय कुमारले १२ हजार २८९ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गिरिश गिरीले १ हजार ४२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलम १६ हजार ८६१ मतका साथ अग्र स्थानमा रहेका छन् । उनलाई लोसपाका पुरुषोत्तम झाले ३५७६ मत, राप्रपाकी विना जयसवार र स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले २१८६ मतका साथ पछ्याइरहेका छन् ।

