ललितपुर । जिल्लाको ललितपुर महानगरपालिको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार कांग्रेसका महर्जनले ४२,७२२ मतका साथ विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई १८,१६२ मतान्तरले पराजित गर्दै महर्जन पुनः मेयरमा निर्वाचित भएका हुन् । पराजित हरिकृष्ण ब्यञ्जनकारले २४,५६० मत प्राप्त गरेका छन् ।

यसका साथै उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार मन्जली शाक्य बज्राचार्य २५,०८५ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्राचार्यले १८,७५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय