काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीहरुलाई भोट हाल्नै नदिने चेतावनी दिएका छन् । एमसीसीमा राष्ट्रघात गर्ने दलहरुलाई आवश्यक परे नेपाली सेनासँग मिलेर भएपनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उनको जिकिर थियो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरुलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताएका हुन् । आफ्ना केही पुराना साथीहरुले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाई आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलालहरुलाई किन प्रतिबन्ध नलगाउने भनि प्रश्न गरे ।

उनले भने, ‘मेरा केही पुराना साथीहरुले भनेछन–विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीहरुलाई प्रतिबन्ध लगाउन खोजेका थिए, खोज्दैछन । लगाउने पनि हो । दलालहरुलाई प्रतिबन्ध लगाईदैन त ? दलालहरुलाई प्रतिबन्ध लगाउनुपर्छ । देश बेचेर खाने मान्छेहरुलाई भोट हाल्न दिनु हुँदैन । नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन ।’

उनले फेरि भने, ‘पहिलापहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ । देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनु हुँदैन । किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि त । नेपाल प्रहरी र नेपाली सेनाले पनि त्यो कुरा बुझेजस्तो लाग्छ । देश नरहे प्रहरी र नेपाली सेनाले कहाँ काम गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय