काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै सभापति देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोशसमेत पोखे ।

सभापति देउवाले भने, ‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ ।’आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको सभापति देउवाले बताए ।

सभापति देउवाले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताएका छन् । साथै, चुनावमा गठबन्धन नगरी चुनाव नजितिने पनि उनले ठोकुवा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय