काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीभित्रै ४० प्रतिशतभन्दा बढी भागबन्डाको माग भएको छ ।

आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न पाँचभन्दा बढी दललाई गठबन्धनमा समेट्ने योजना बनाइरहेका देउवासँग शेखर कोइराला समूहले पार्टीभित्रै भाग मागेको हो।

असन्तुष्ट पक्षको छुट्टै भेलाले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ। समूहको भेलापछि नेता गुरुराज घिमिरेले सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्न बाध्य हुनुपरेको बताए।

उनले भने, ‘हामीले पार्टीभित्र न्यायोचित रूपमा भूमिका दिने कुरा उठाउँदै आएका हौँ। ८ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि समेट्नुभएको छैन। राष्ट्रियसभा निर्वाचनदेखि आजसम्म कतै पनि समेट्नुभएको छैन। भ्रातृ संस्था गठन गर्दा पनि समेट्नुभएन। अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो, ४० प्लस चाहियो।’

देउवा सभापतिमा निर्वाचित भएको आठ महिना बित्दा कुनै पनि निर्णय प्रक्रियामा आफूहरुलाई नसमेटेको उनको गुनासाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय