
काठमाडौं– सरकारले भारत, अमेरिका र बेलायमा राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन देशमा राजदूत सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

कार्कीका अनुसार भारतमा डा शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिएको छ ।
बैठकले प्राकृति विपत् बाढीपहिरोमा परि मृत्यु भएका र बेपत्ता नागरिकका परिवारलाई दुई लाख दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।