काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले तत्कालीन राजा महेन्द्रको प्रशंसा गर्नुभएको छ । पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा राष्ट्रवादी मान्छे तत्कालीन राजा महेन्द्र नै भएको उहाँले बताउनुभयो । नेपाललाई सिक्किम र भुटानजस्तो हुनबाट रोक्नका लागि महेन्द्रले महŒवपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने राजा महेन्द्र नै भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने ती राजा महेन्द्र हुन् । दिल्ली सम्झौतामा उल्लेख विधानसभा भएको भए नेपाल त्यतिबेलै भारतमा गाभिन्थ्यो ।’

२०१७ साल पुस १ गतेको कदम दक्षिणपन्थी राष्ट्रवादी कदम भएको उल्लेख गर्नुहुँदै मैनालीले २०४६ साल र २०६३ सालको परिवर्तनसँगै विदेशी हस्तक्षेप बढेको बताउनुभयो । उहाँले माओवादी आन्दोलनका कारण पनि नेपालमा विदेशी हस्तक्षेपले बढोत्तरी पाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय