काठमाडौं । चर्चित अभिनेत्री एवम् राप्रपाका केन्द्रीय सदस्य रेखा थापाले पार्टीको जारी महाधिवेशनमा आफूलाई महामन्त्रीको उम्मेदवारको रुपमा खडा गर्ने भएकी छन् । अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका राजेन्द्र लिङ्देनको समूहबाट रेखाले आफूलाई महामन्त्रीको उम्मेदवार बनाएकी हुन् ।

विधानतः राप्रपामा तीन जना महामन्त्री रहने व्यवस्था छ । तीन मध्ये एक महामन्त्री महिला नै हुनुपर्ने व्यवस्था छ । रेखाले महिला कोटामा उम्मेदवारी मनोनयन गर्ने भएकी हुन् ।

हाल राप्रपाको केन्द्रीय सदस्य रहेकी रेखाको चुनावी भीडन्त सम्भवतः कमल थापा समूहबाट उम्मेदवारी दिने तयारीमा रहेकी कुन्ती शाहीसँग हुनेछ । लिङदेन समूहबाट डा. धवल शम्शेर राणाले यसअघि नै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय