काठमाडौँ । करारका प्राध्यापक तथा कर्मचारीलाई स्वतः स्थायी गर्ने विश्वविद्यालयको निर्णयको विरोध गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले विहिबार त्रिवि केन्द्रीय कार्यालयमा ताला लगाएको छ । उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा ताला लगाएको सो संगठनले जनाएको छ ।

सो निर्णयबाट फिर्ता भएर खुल्ला प्रतिस्पर्धाबाट प्राध्यापक तथा कर्मचारी नियुक्त गर्नुपर्ने सो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को माग छ ।

मङ्सिर १४ गते बसेको त्रिवि सिनेट वैठकले अस्थायी वा करार सेवामा कार्यरत प्राध्यापकले मात्र आन्तरिक प्रतिस्पर्धा गर्न पाउने गरी पदपूर्ति गर्ने निर्णय गरेको थियो । सो निर्णयको विद्यार्थी संगठनले विरोध गर्दैआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय