काठमाडौं । सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।

उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थियो । प्रहरीले उनीसहित १२ जनालाई पक्राउ गरी संगठित ठगी कसुरमा अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । उनीविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा सरकारी वकिलले थप १४८ पृष्ठ लामो अभियोगपत्रसहित आज मुद्दा दायर गरेका छन् ।

सहकारीका निर्णायक सल्लाहकार तथा पूर्वअध्यक्ष तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशव लाल श्रेष्ठ समेतको मिलोमतोमा ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैयाँ यस सहकारीबाट गैर कानुनी रुपले विना धितो उनीहरुका निजी हाउसिङ कम्पनीहरु (सिभिल होम्स, सिभिल अपार्टमेन्ट्स र सिभिल इस्टेट्स) मा २०६३ साल देखि विभिन्न समयमा ऋणको रुपमा लगेका र अहिलेसम्म उक्त ऋणको साँवा तथा व्याज नतिरेको आरोप उनीहरुमाथि लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय