
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विभिन्न कारणले अपाङ्ता भएका व्यक्तिमध्ये ८० प्रतिशतमा पुनस्थापना सेवामा पहुँच नपुगेको जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसको असरमा महाशाखाले शुक्रबार गरेको कार्यक्रममा ६४.८ प्रतिशतमा स्वास्थ्य सूचनामा पहुँच नभएको र २९.२ प्रतिशतमा अन्य स्वास्थ्य सेवाहरुको पहुँच नभएको जनाएको हो ।

कार्यक्रममा महाशाखा अन्र्तगतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्ता व्यवस्थापन शाखा प्रमुख डा. रविन्द्र बास्कोटाले नेपालमा ५ लाख व्यक्ति कुनै न कुनै किसिमको अपाङ् रहेको र जसमा सबै भन्दा धेरै शारीरिक अपाङ्ता भएको व्यक्ति रहेको जानकारी दिनुभयो । इन्डिकेटर कलस्टर सर्भेले २ देखि १७ वर्ष उमेर समूहका बालबालिका मध्ये ११ प्रतिशत अपाङ्गता भएको भन्दै उहाँले समाजमा पुनस्थापना गर्न ठूलो चुनौती रहेको बताउनुभयो ।
पछिल्ला दिनहरुमा नसर्ने रोगहरुको व्यापकता बढ्दै गएकाले अल्पकालीन र दीर्घकालिन अपाङ्ता हुनेहरुको संख्या वृद्धि भइरहेको देखिएको महाशाखाले जनाएको छ ।