बडामहाराज पृथ्वी नारायण शाह को काजी रन सिंह बस्न्यात उर्फ बाङ्या बस्न्यात का सन्तान चिफ कर्नेल डिल्ली सिंह बस्न्यात प्रधान मन्त्री श्री ३ जङ बहादुर राणा को नजिकका नातेदार पनि थिए । उनले राष्ट्र निर्माण मा अतुलनिय योगदान दिएका छन् । उस बखत डिल्ली बजार देखी मैतीदेबी ईलाका सम्म मानब बस्ती पनि खासै थिएनन् । त्यो ईलाका चिफ कर्नेल डिल्ली सिंह को जग्गा थियो ।

उनले धर्म – कर्म गरी पशुपतिनाथ समेत् जाने बागबजार को मुख देखी मैती देवी सम्म को आफ्नो निजी जग्गामा बग्गी हिंड्ने बाटो खुलाउन नेपाल सरकार सँग बिन्ती पत्र हाले । त्यस्तो महानता देखी त्यो बाटो खुलाएको पुरै क्षेत्र को नाम उनै डिल्ली सिंह को नाम बाट “ डिल्ली बजार “ राक्न समेत् प्रमाँगी भयो । त्यसपछी यो क्षेत्रको नाम डिल्ली बजार रहेको हो ।

अर्को कुरो डिल्लिबजार मा रहेको कालिकास्थान को देबी को सिला मात्रा थियो र त्यो सिला पिपलको रुख मुनी स्थापित भएको मा उनैले श्री ३ जङ बहादुर राणा लाई बक्साइ मन्दिर पनि बनाएका थिए । उनको घर हाल “ चार खाल अड्डा “ रहेको स्थान मा थियो ।
प्रेम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय