काठमाडौं । सर्वोच्च अदालतका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गरेका छन्। बैठकमा सहभागी एक न्यायाधीशले प्रधानन्यायाधीश राजनीतिक विवादमा परेको,प्रभावकारी ढंगले न्यायालय संचालन गर्न नसकेको भन्दै सर्वोच्चकै न्यायाधीशहरुले राजीनामा मागेको बताएका छन्।

सोमबार बिहान इजलास बहिष्कार गर्दै १३ जना न्यायाधीशले छुट्टै बैठक गरेका थिए। सोही बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेको हो। न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्गप्रशस्त गरिदिन आग्रह गर्ने स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय