काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को परीक्षाका लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि अनलाइनमार्फत पुनः नयाँ आवेदन खुला गरेको हो ।

कोभिड–१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सोमबारदेखि नयाँ आवदेन खुला गरिएको जानकारी दिएका छन् । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ,’ प्रवक्ता भुसालले भने ।

अहिले आवेदन दिने सेवाग्राहीको पालो भने चार÷पाँच महिनापछि मात्रै आउने भएको छ । यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ ।

आवेदन फर्म भर्नका लागि सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म भर्न सक्ने विभागले जनाएको छ । अनलाइन फारम भर्नका लागि विभागको वेबसाइटमा गएर भर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय