काठमाडौं । गोकर्णेश्वर नगरपालिकास्थित विध्यसागर इङलिस बोर्डिङ स्कुलले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. गणेश बहादुर गरुङको सभापतित्वमा शनिबार सम्पन्न कार्यक्रमका बक्ताहरुले विद्यार्थीहरुको सर्बाङ्गिण बिकासका लागि विद्यालयले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि गाेकर्णेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष नारायण बहादुर सुवेदीले विद्यालयहरुले समय सापेक्ष रूपमा आफुलाई रुपान्तरण गर्दै लानु पर्ने धारणा व्यक्त गर्दै विद्यासागर बोर्डिङ स्कुलले सिर्जनात्मक तथा प्रविधिमैत्री सिकाईमा जोड दिएर विद्यार्थीहरुलाई त्यसै अनुसार शिक्षा प्रदान गर्दै आएको बताए।

विद्यालयका प्रिन्सिपल पाेष्टहरि बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि सुवेदी,विद्यालयका कार्यकारी निर्देशक महेन्द्र कुमार जाेशी,विद्यालय व्यवस्थापन समिति अध्यक्ष माेहन प्रसाद पाेखरेल लगायतले उत्कृष्ट अभिभावक तथा शिक्षकहरुलाइ सम्मान गर्नुका साथै सम्पुर्ण अतिथिहरुलाइ मायाकाे चिनाे प्रदान गरेका थिए।

कार्यक्रमकाे मुख्य आकर्षणको रूपमा रहेका नेपाल आइडल सिंङ्गिङ कन्टेस्ट सिजन ६ का विजेता गायिका गंगा साेनाम तथा गायक तथा माेडेल दिपेन्द्र साेनामले गाएका सुमधुर गीतले उपस्थित अतिथि र अभिभावकहरुलाई भरपुर मनाेरन्जन प्रदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय