
काठमाडाैं । व्यवसायी तथा साहित्यकार वसन्त चौधरीले मंगलबार दुई कृति बजारमा ल्याएका छन् । मंगलबार काठमाडौंको कमलादीमा एक कार्यक्रमबीच चौधरीका ‘अनेक पल और मैं’ काव्यसंग्रह र ‘तिमीविनाको म’ कविता संग्रह सार्वजनिक भएको हो ।
चौधरीको ‘तिमी विनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कविता संग्रह संगृहीत छन् । लोकार्पण समारोहमा बोल्दै साहित्यकार चौधरीले आफ्नो कवितासंग्रह ‘तिमी विनाको म’मा समाजमा भएका घटनाको बारेमा चित्रण गरिएको बताए । काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सिर्जनशीलता नरोकिने उनको भनाइ थियो । उनको कविता अंग्रेजी भाषामा रहेको छ । त्यस्तै, काव्यसंग्रह ‘अनेक पल और मैं’ हिन्दी भाषामा छ ।
