काठमाडौं । गायक राजु सापकोटा र गायिका रजनी लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘हितको माया’ सार्वजनिक भएको छ ।

रजनीको पस्तुतिमा रहेको सो गीतमा आफ्नो मायालु भेटेपछि खुशीको सीमा नरहने रोमान्टिक कथा प्रस्तुत गरिएको छ ।

राजु सापकोटा र रिना थापा मगरको मुख्य अभिनय रहेको गीतमा शब्द र संगीत पनि स्वयम् राजु सापकोटाले नै गरेका छन् । विक्रम चौहानको निर्देशनमा रहेको उक्त भिडियोमा प्रकाश खडकाको छाँयाकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ । गीतलाई मिलन फिल्मस प्रालीद्वारा बजार व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय