काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाे अनुसार पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने जानकारी दिएको छ ।

शाहविरुद्ध पीडितका आफन्त प्रहरी कार्यालय पुगेर बुधबार दिउँसो उजुरी दर्ता गराएका थिए । पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ ।

यस्तो छ घटना क्रम :

– मिति २०७७/०६/२२ गते (०८/१०/२०२०) मा काठमाडौंमा ‘पिपलु वर’ गीतको म्युजिक भिडियोको सुटिङको क्रममा पहिलो पटक भेटघाट भइ फेसबूक आईडी र फोन नम्बर एकापसमा आदान–प्रदान गरेको ।

– मिति २०७७/१२/३१ गते बागलुङ जिल्लामा आयोजित ‘गलकोट महोत्सव’मा जाँदा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी लगायतका कलाकारसँग एउटै गाडीमा गएको ।

– ‘गलकोट महोत्सव’ सकाएर फर्कने क्रममा बाल गायिका (पीडित) र प्रतिवादी शाह एउटै सिटमा यात्रा गर्ने क्रममा बाल यौन दूब्यवहार गरी संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेलगायतका कार्य गरेको ।

– मिति २०७८/०१/०२ गते पीडित बालिका काठमाडौंस्थित आफ्नो कोठामा बस्न सुरु गरेकी र प्रतिवादी शाहसँग सामान्य भेटघाट गर्दै आएको ।

– लकडाउनको हल्ला चलेपछि पीडित बालिका आफ्नो घर फर्किएकी र त्यसको एक सातापछि प्रतिवादी शाहले ‘सुटिङको लागि पोखरा आउँदै छु, तिमीलाई भेट्छु’ भनी लोखरास्थित लेकसाइडमा बोलाएर भेटघाट गरेको ।

– २०७८/०१/१४ गते साँझ १९ः०० बजे पोखराबाट काठमाडौं फर्कने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–दुलेगौडास्थित प्रदीप थापाको घरमा ‘विवाह गर्छु, धोका दिन्न’ भन्दै असहमति हुँदाँदै पनि जबरजस्ती करणी गरेको । (अन्तिमपटक)

– त्यसको भोलिपल्ट ढोर बाराही मन्दिरसमेत घुमाएको र दुलेगौंडाको सुटिङ सकाएरर काठमाडौं फर्किएको ।

– यसअघि मिति २०७७/०९/१० गते पोखरास्थित होटल प्राइम र मिति २०७७/१२/०७ गते चितवनस्थित गैडाकोट रिसोर्टमा पनि जबरजस्ती करणी गरेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय