नवराज खरेल
दाङ घाेराही
घरिघरि हेरियाे तिम्रो सत्तामा चालामाला।
न चट्टान फाेर्यौ न झुलायौ धानका बाला।

विश्वास एकबार मात्र हाेइन बारबार गरियाे,
हरेक कामकाे पछाडी छाेड्यौ कर्तुत काला।
जनता नाङ्गो छ भाेकाे छ राेडकाे राेडमा छ,
महलमाछौ राेपेर जनताकाे छातीमा भाला।
छिटाे जबाफ देउ कहिले खुल्छ हाम्रो हाँसाे,
आशैले गरा परे निधार, चाउरी परे छाला।
महङ्गी बढ्याे भ्रष्टाचारले झन् सिमा नाग्याे,
केहि गर्दिन्छौ कि मुखमा लगाउँ अब ताला।

