काठमाडौं । जीवन शाहीको निर्देशन रहेको गीत ‘छेउको सियो’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द तथा संगीत, राज सिग्देलको स्वर, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ र देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिपेन वस्नायातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा महेश खडका र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ ।

गीतमा आफूले माया गरेको मान्छेलाई पराईले सिन्दुर लगाएपछि सुन्दर संसार सजाउने चाहना पू्रा हुन नसकेको पीडा व्यक्त गरिएको छ । गीत जति मार्मिक छ गीतको भिडियो पनि त्यस्तै राम्रो बनेको छ । गीतको भिडियोमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था र आफूले मन पराएको मान्छे पराइ भएको कथा बुनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय