काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । अभिनेत्री मानन्धरलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै करिश्माले देशको परिवर्तन र समृद्धिका लागि एमाले रोजेको बताइन् ।

उनले भनिन्, ‘आजबाट नेकपा एमालेमा रहेर राजनीति गर्ने अठोट गरेको छुँ । त्यसैले म यहाँ छु, त्यो मुलुकको परिवर्तन र समृद्धिका लागि काम गर्ने अठोट लिएको छु । यहाँका साथीहरुसँग जोडिन आँट गरेको छुँ । ‘ उनले आफूले संघर्ष, दुःख,त्याग गरेर यो स्थानमा आइपुगेको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय