तनहुँ । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । जोशी साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय