काठमाडौं । गजलकार शान्ति शर्माको बिरानो शहरमा बोलको गजल यही चैत्र ११ गते शान्ति शर्मा युट्यूव च्यानल मार्फत नेपाली सङ्गीत बजारमा सार्वजनिक भएको छ । बरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतमा सुगम स्वरका धनी गायक स्वरुपराज अाचार्यको स्वर रहेको छ। अकेष्टिक इन्टरनेशनल नेपालमा रेकर्डिङ्ग भएको गजललाई प्रकाश मिश्रले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन् ।

गजलको मर्म अनुसार प्रेम, मिलन र विछोडका विषयवस्तुलाई कलात्मक रुपमा उतारिएको भिडियोमा महानायक राजेश हमालको साथमा सर्जक स्वयं शान्ति शर्मा, सुशिला थापा, रोहित बस्नेत र नारायण अधिकारीको जीवन्त अभिनय रहेको छ। निशान घिमिरेको निर्देशन तथा सम्पादनमा तयार गरिएको भिडियोलाई पछिल्लो समयका चर्चित क्यामेरामेन मुकेश हुमागाईँले छायाङ्कन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय