काठमाडौ । चर्चित गायक प्रताप दासको स्वरमा ‘आउ न आउ’ बोलको गीतको भिडियो एक कार्यक्रमका वीच बालुवाटारस्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा सार्वजनिक भएको छ ।

टाईम्स स्क्वाएरका संचालक एवं युवा व्यबसायी राजन ढकालले बोधी एचडी यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन । संचारकर्मी,भिडियोका कलाकार तथा प्राविधिकहरुको उपस्थितीमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

अहिलेका व्यस्त एवं आशालाग्दो नायकको रुपमा चिनिएका संजित भण्डारीले राम्रो अभिनय गरेका छन् भने मोडल चन्दा कुईकेलले उनलाई साथ दिएकी छन् ।

नायक भण्डारीका केही चलचित्र प्रदर्शनको क्रममा रहेका छन भने र छायांकन हुदै गरेको चलचित्र संख्या पनि उतिकै रहका छन । सिन्धुली तथा धुलीखेलको रमणीय स्थानहरुमा छायांकन भएको भिडियो करीब ३ दिन लगाएर छायांकन गरिएको हो । उदयराज पौडेलको एरेन्ज रहेको गीतको शव्द रमेश एमके पौडेलको छ भने संगीत सुवास भुुसालको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय