स्पन्दन विनोद
बहर – रजज मुसम्मन सालिम

के अर्थ मायाको यहाँ, हत्या गरे हरदम भने
बढ्ला खुसी भन्दा अझै, व्यथा बढे हरदम भने
एक्लो छु देख्दैछौ तिमीले हर्ष के हो के भनौँ
आफ्नो भनेको अर्थ के आँखा बगे हरदम भने
मैले दिएँ सारा जवानी मात्र रित्ताएर मन
माया नमाग्नू हे प्रिया छाती डसे हरदम भने
बाँचे म बाँचौँला तिमी साथै मरे बेकार हो
तिम्रा कुनै माया बनी राहत घटे हरदम भने
अर्काको के भर हुन्छ जसले माटो बेच्यो साँधमा
के शक्तिशाली दिल होला टाढा भए हरदम भने

