काठमाडौं । नेपालकै पहिलो शल्य चिकित्सक तथा क्यान्सर रोग विशेषज्ञ प्रा.डा.अञ्जनीकुमार शर्माको जीवनमा आधारित ‘नकोरिएका सन्दर्भहरू’ नामक पुस्तकको लोकार्पण भएको छ । काठमाडौमा एक समारोहबीच स्व.प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले पुस्तक लोकापर्ण गर्नुभएको हो ।

अनिता ढुंगेलले लेख्नुभएको पुस्तकमा प्रा.डा.शर्माको जीवनका अनुभूति, पेशागत जिम्मेवारी निर्वाहका क्रममा प्राप्त अनुभवलगायत सन्दर्भ समेटिएका छन् ।लोकापर्ण समारोहमा लेखक कर्ण शाक्य, प्रा.डा.सुदीपकुमार भट्टाचार्य र प्रा.डा.शंकरमान राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै प्रा.डा. हेमांग दीक्षितले विशेष मन्तव्य राख्नुभएको थियो भने प्रा.डा.ज्ञानु पाण्डेले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय