रामकाजी राई दिबुछा
#चुईचुम्मा खमारे(खोटाङ्गे)

चौतारी

सधैं भरि भराउ हुने
चौतारी आज नितान्त एक्लो छ ।
दिन रात गुन्जयमान हुने तिनै चौतारी
हिजोआज सबै बाट टाढीदै गएको छ ।
एक्लो हुँदै गएको छ ।

उकाली चढ्दा होस्
या ओराली झर्दा बटुवाहरुले
सधै बिसाउने थकाइ मार्ने चौतारी
बटुवाहरु बिना अधुरो भएको छ ।

त्यति मात्र कहाँ होर
घाँसीहरुले घाँसको भारि बिसाउदै
पसिना पुछ्दै मिठो झ्याउरे भाकामा सुसेली हाल्दै
सुरिलो स्वरमा गितहरु गाउँने
आज ती घाँसीहरु विना चौतारी
अधुरो अपुरो भएको छ ।

बटुवाहरु कता गए
ती घाँसीहरु कहाँ गए होलान् ।
कता छन् । के गर्दैछन् ।
सालको पात टिपी पिपिरी बजाउने
साईली ती माईलीहरु कहाँ पुगे होलान्
तर चौतारी जहाको त्यहीँ छ ।
उनीहरू को पर्खाइमा विवस छ ।
हरदिन हररात सधैं आउने तिनै
बाटोहरुमा उ हेरिरहेको हुन्छ ।

कुरिरहेको हुन्छ ।
उराठ लाग्दो भएको छ ।
आज तिनै चौतारी उजाडीदै गएको छ ।
न त्यहाँ आज कोही हुन्छ ।
न कोही त्यो बाटो हिड्छ ।
उसको वरिपरि फूलहरुले ढकमक्क फूलेर
सजिजाउ हुन्थियो ।
फूलको वरिपरि ती भमँरा
माहुरी र रंगि विरंगी पुतलीहरुले
भुनभुन गर्दै फूलको रस चुस्दै घुमि रहन्थे ।
वर पिपलका फलहरु
खाना ती चरिहरु आँउथे
आफ्नै भाकामा गितहरु चिरविर गर्दै गाउँथे ।

रमाउथे नाच्थे ।
तर आज चौतारी सुनसान छ ।
उ बेला कति रमाइलो थियो ।
चौतारी भने पछि सबै हुरुक्कै हुन्थे ।
तर आज न फूल नै छ
न भमँरा न तिनै पुतलीहरु छन्
वर पिपल पनि हिजोआज सुक्दै गईरहेको छ ।
चरा चुरुङ्गीहरु पनि आउन छाडेका छन् ।
सबैले चौतारी लाई आज बिर्सेका छन
माया मारेका छन् ।

चौतारी वरिपरि
झाडीहरुले ढपक्कै चौतारी छोपीएको छ ।
न बस्ने ठाउँ देखिन्छ ।
न वरिपरि फूलहरु नै छ ।
उजाडै उजाड छ ।
विरक्ता लाग्दो भएको छ ।
रुँदा रुँदा आँशुनै सकिएको फुस्रो
आँखा जस्तो भएको छ ।
उ आज सबै बाट एक्लो भएको छ ।
सबै बाट टाढीएको छ ।
जुन बेला उ सबैको छाहारी थियो
सबैलाई आनन्द दिने ।
थकाइ मार्ने शितल चौतारी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय