काठमाडौं । राजु महर्जनको स्वर रहेको चलचित्र ‘सत्यम्’ को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । घोषणा भएर समयमै छायांकनमा जान नसकेको यो चलचित्र गीत राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रेशम सापकोटाको शब्द रचना, कुटुम्ब ब्याण्डको संगीत, योगेश काजीको म्युजिक कन्सेप्ट रहेको गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता राजेश हमाललाई फिचर्ड गराइएको छ ।

निर्माता रेशम सापकोटाले भने, ‘हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनै पनि कन्टेन्ट दिन सकेनौ भन्ने महशुस भयो । सोही कारण चलचित्रको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं ।’ निर्माता सापकोटाले चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि गीत सार्वजनिक गरेको बताए । उनले गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सबै कुराको जानकारी गराउने जानकारी दिए । उनले भने, ‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केही सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका मबाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’

प्रि–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो चलचित्रमा अभिनेता राजेश हमाल, पल शाह, अनुपविक्रम शाही, अभिनेत्री उपाशना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय