जनक राज वाग्ले
चावहिल ७
काठमाण्डौं
मुक्तक १
यसो हेर त्यहाँ कोहि छ भित्र
सोध खोज हेर त्यो बिचित्र चित्र
मध्यान्तरमा पसेर नित्य हेरे
त्यहि छ तिम्ले खोजेको मित्र ।
मुक्तक २
जालझेल मायाँको च्यापेर पोको
पुग्दैन कहिल्यै जिन्दगीको धोको
भव चक्करमा जति घुमे पनि
भरिन्न कहिल्यै लिएर जाने डोको ।
मुक्तक ३
जनताले सृजना को बिउ रोपि सके
मै हुँ भन्नेलाई लौरोले घोपि सके
अब आयो नयाँ नौलो लहर
चारै तिर बाट चल्ला छोपि सके ।
मुक्तक ४
उकालो घनघसियाको हातमा छ लौरी
दृष्य गजबको हेर चरेका छन् चौरी
स्याँ स्याँ गर्दै उक्लनु पर्ने बाटो
कतै कतै अझै देखिन्छ गाई गौरी ।


