भरत आचार्य
पोखरा
“अपमान नगरियोस्” !

नेताजीलाई चोर भनेर
अपमान अवमूल्यन
गरेकोमा घोर भर्त्सना गर्दछु / छौं
आइन्दा यस्ता निम्छरा उपाधि दिई
सम्बोधन गरेमा छाती खोलेर
प्रतिवाद गरिने छ
रेलिङ्ग देखि पुल उडाएको
कार्यालय स्कुल ध्वस्त पारेको
बैंक लुटेको
जग्गा हडपेको
हजारौं हजार मान्छे
रेटेर
कुटेर
लुटेर
बाँधेर
झुण्ड्याएर
बन्दुकले
बमले सफाया गरेका
महान नेतालाई
तुच्छ चोरको उपाधि दिएर
अपमान गर्ने ?
आइन्दा यस्ता निम्छरा शब्द
प्रयोग गरेमा गर्न लाएमा
संघर्षको मैदान्मा उत्रिने छौं
कडा चुनौती हो यो
होसियार
आइन्दा नेताजीलाई
तुच्छ चोरको संज्ञा सह्य हुने छैन ।

