राम्जि रानाभाट
व्यास ११, तनहुँ

भाडाको घर । माथिल्लो तलामा फरक शैलीका मानिसहरू बस्थे।
उनीहरूको जीवन प्रतिको सम्मोहन देखेर हामी हावा पनि छ्क्क पर्थ्यौ।
रातभर लेख्थे।दिनभर लेख्थे।व्यबहार र लेखाइमा एकरुपता थियो।
यो ब्रह्माण्ड नेतृत्व गर्न सक्ने ज्ञानको आविस्कार गर्दथे। उनीहरुले पाएको सम्मान संसारभरी सुवास बनेर फैलन्थ्यो। उनीहरुको सुवास फैलाउन हामी मन्द मन्द चल्ने गर्थ्यौं।

एकदिन उनीहरु कोठा सरेर गए।
कोठा खाली भएपछि निता त्यो तलामा बस्न आइन् ।लेखनमा साधना गरेको हामीले देखेका छैनौ। संस्थाका पदाधिकारीसँग हिडेको र मस्किएको मात्र देखिन्थ्यो।
उनका धेरै सम्मानपत्रहरु भित्तामा झुन्ड्याइएका थिए। हामी संसार डुल्ने हावाले सुइको सम्म थाहा नपाउने गरि कसरी त्यत्रो मान सम्मान एकैजनालाई दिइयो भन्ने प्रश्नको उत्तर खोज्न हिड्यौ।
निता बाहिर गएकी थिइन् ।

वाक्क दिक्क मानेर सम्मान पत्रहरु केहि भनिरहेका थिए,
“ए हावा दाइ! हामीलाई यहाँ बस्न मन छैन। एकैचोटि यो भित्तोबाट उन्मुक्त गराइदिनु ।
हामीलाई मान्छेको दिलमा बस्न मन पर्छ भित्तोमा हैन।”
तँ कसरी उसको नाममा सम्मान भएर आइस् ?एकाअर्कालाई सोध्दै थिए सम्मान पत्रहरु।
उनीहरूले अनुभव सुनाउँदै थिए।

“निताले सम्मान दिएकै संस्थाको जयजयकार र चाकरी गरेकाले लिखित सम्मान पत्र दिएका हुन् !” एक सम्मान पत्रले भन्यो।
“एकदिन अध्यक्षले फोन नम्बर पठाएका थिए।त्यसपछि निताले निरन्तर फोन गरिन् जे भन्यो त्यही मानेकोले म आएको हुँ।”, अर्कोले भन्यो।
“नितालाई लेख्न आउन्नथ्यो। एकजना चर्चित ब्यक्तिलाई गुरु मानेर उहाँलाई नै लेख्न लगाए पछि म आएको हुँ।”अर्कोले भन्यो।
“सम्मान पैचो र सम्मानको पर्म लगाउँदा म यहाँ आएको हुँ।”, अर्कोले थप्यो।
“नितालाई सम्मानित हुने इच्छा भएकोले मलाई पनि सम्मान गर्नु है भनेर मुख खोलेपछि म आएको हो।”, अर्को सम्मानपत्रले भन्यो।
“चार पाँच सय जनालाई एकैचोटि सम्मान गर्ने भएपछि त निताहरु छुट्ने कुरै भएन।”, अर्कोले भन्यो।
” पार्टी प्यालेसमा अग्रजलाई भोज खुवाए पछि म सम्मान पत्र निताको नाममा आएको हुँ।”, अर्कोले थप्यो।
अवेर सम्म पनि निता कोठामा नआएपछि हामी तातो हावा हुरी बनेर खोज्न हिड्यौ।

गर्मीले शिरक फालेपछि नितालाई देख्यौं ।उसको पारा देखेपछि हामीलाई रीस उठ्यो र सम्मानपत्रको उद्दार गर्न हिड्यौ ।
निताका कोठाका भित्ताका सबै सम्मान पत्र हुरी बनेर झारिदियौ।सिसा फुटे।सम्मान पत्रहरु उडे… उन्मुक्तिको गीत गाउँदै।
फर्किएर गएर अर्को नयाँ सम्मान पत्र बसेको कोठा बाहिर झ्यालबाट झारिदियौं।
निता दिउँसो भएको सम्मान कार्यक्रम सकेर सम्मान दिने पुरुषसँग रातमा होटेलको खाटमा सँगै थिइन र सम्मान पत्र भुइँमा …..बियरका बोतलहरु लडिरहेका ….।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय