
काठमाडौं । चलचित्र ‘लाखे’ कार्तिक ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । सस्पेन्स थ्रिलर जनराको ‘लाखे’ को ट्रेलर फूलपातीको अवसर पारेर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । फस्र्टलुक पोस्टर र टिजर सार्वजनिकसँगै ‘लाखे’ दिपावलीको कोसेली स्वरुप प्रदर्शनमा आउन लागेको निर्माण पक्षले जनाएको छ ।
सम्राट बस्नेतले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा सस्पेन्स, थ्रिल, एक्सन तथा सेन्टिमेन्टसको सम्मिश्रण देखिन्छ । सार्वजनिक टे«लरमा चलचित्रमा मुख्य कलाकारलाई देखाइएको छ । चलचित्रमा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बालकलाकार सिस्टम भण्डारीको मुख्य भूमिका छ ।

सिजन अर्यालको कथा र निर्माणमा बनेको यस चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) रहेका छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा निर्देशक सम्राटकै द्वन्द्व निर्देशन छ । चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ भने अर्जुन जिसीले सम्पादन रहेको छ । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रकोे पटकथा आकाश बरालले लेखेका हुन् । संवादमा उनलाई अनुप न्यौपानेले सहयोग गरेका छन् । चलचित्रलाई आरआर चलचित्रस्ले वितरण गर्ने निर्माण पक्षले जनाएको छ ।