पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी

झलमल्ल जवानी अनुहारमा चमक रोशनी हुनुपर्छ
मिठा बात एक अर्काको बोलिमा मोहनी हुनुपर्छ
प्रेमिल जिन्दगी जिउनुको तब पो मज्जा आउँछ
झुम्म प्यार हुनुपर्छ थोरै थोरै रोमाञ्च पनि हुनुपर्छ

कहिले छोड्ने छैन तिमिलाइ राखुँला साथैमा
प्रीय मान्छे बसौली आँडैमा मोहि खाउली गालैमा
आउन एकपल भएपनी मेरो नजिक भएर त हेर
मज्जासंग ओठमा ओठ चुमौली बसेर काखैमा

झ्यालबाट हेरिहेरी रात बिताए हिजो राती पनि
दुखी मनलाइ सम्झाए बुझाए हिजो राती पनि
तिमी आउँछु आउँछु भन्यौ बेस्सरी ढाँट्यौ
म कत्ती तड्पिए छट्पटाए हिजो राती पनि

प्रेमिल बातहरु संगै घुम्न डुल्न पाए पो मजा
ओठमा ओठ मिलाएर अरे चुम्न पाए पो मजा
आफ्नो प्रेमीसंग रसपानको दुनियामा पौडीएर
मध्य रातमा मजासंग झुम्न रमाउन पाए पो मजा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय