काठमाडौं । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।
लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै अन्त्येष्टि गरिने कलाकार श्रेष्ठले जानकारी दिए।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ धार्पाका लामा दर्जनौं लोकप्रिय लोकगीत संकलन तथा गाएका छन्। उनको स्वरमा कलकते काइँयो‚ चुइँचुइँ चुइँकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। साथै‚ उनले दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन्। ७० वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन्।

