काठमाडौं । नेपाल-भारत साहित्य महोत्सव (Nepal-India Literature Festivel) ले थाहा पुस्तकालय मिनभवनमा काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरी भारतको केरला र दिल्लीबाट आएका ५ साहित्यकारहरूको सम्मान गरेकाे छ।
नेपाल-भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना सो कार्यक्रममा केरलाबाट आएका साहित्यकारहरू डा. रतिका पंचारप्पोयिल कोट्टायि, डा. रम्या बालन के, कवि दिलना के. रविलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक डा. राम दयाल राकेशले सम्मान पत्रसहित सम्मानित गरेका थिए।

सोही कार्यक्रममा दिल्ली, भारतबाट आएका साहित्यकारहरू कमला सिह र दिलदार देहलवीलाई पनि स्वागत सम्मान गरिएको थियो। यसैगरी कार्यक्रममा भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल-भारत साहित्य महोत्सवका सदस्य वरिष्ठ समालोचक प्रमोद प्रधानले भारतबाट आएका पाँच जना सर्जकहरुको परिचय प्रस्तुत गरेका थिए। सो कार्यक्रममा कविहरू कमला सिह, दिलदार देहलवी, डा. रतिका पंचारप्पोयिल कोट्टयि, डा. रम्या बालन के, दिलना के. रवि, नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, दिव्य गिरि, कल्पना खरेल, ज्ञान्दारी कैनी, रेखा यादव, विनोद विश्वकर्मा, कन्चना झा, अन्शु झा, सुस्मिता अर्याल, मुरारी सिग्देल, शिव अधिकारी, नीता श्रेष्ठ, पारु तिमिल्सिना, पुरुषोत्तम पोख्रेल, वीभा दास, मौसमी तिवारी र हिना मिस्रालगायतले नेपाली, हिन्दी र अङ्ग्रेजीमा आआफ्नो कविता वाचन गरेका थिए । चर्चित गायकहरु रितु कडेल र मनमोहन थपलियाले गीत गाउनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. रामदयाल राकेश , अध्यक्ष राधेश्याम लेकाली, भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहिया, राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त अधिवक्ता कमला ओली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की केन्द्रीय उपाध्यक्ष प्राज्ञ बाबा बस्नेतलगायतले आ-आफ्नो मन्तव्य राखेका थिए।

