काठमाडौं । गायिका प्रीति कौरले नयाँ गीत ‘के को शान’ ल्याएकी छन् । उनले आइतबार एक कार्यक्रमबीच उक्त गीतको भिडियोसमेत सार्वजनिक गरिन् । गीतमा शब्द र कम्पोजिसन गायिका प्रीतिकै रहेको छ । विशेष पाण्डेको मिक्सिङ रहेको गीतको निर्माता पवन टाक्की कार्की हुन् ।
अभिषेक सुवेदीले निर्देशन गरेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय छ । मिडिया पोर्टले निर्माण गरेको भिडियोको छायांकन चेतनराज भण्डारी र सम्पादन अर्जुन कार्कीको रहेको छ । कार्यक्रममा गायिका प्रीतिले ‘के को शान’ सहितका केही गीत प्रस्तुत गरिन् । उनले लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको सुनाइन् । गायिका प्रीतिले भनिन्, ‘करिब ६–७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु । साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु ।’


